झापा : झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका-६ निवासी ३८ वर्षीय सोम दहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीका अनुसार सोमबार राती ८ बजे बनियानी बालुवाडी भित्र सडक खण्ड अन्तरगत कचनकवल– ६ स्थित होसना बोडिङ स्कुल अगाडी तीव्र गतिमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १० प ५३८९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २१३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटना परी मे ८ प २१३७ नम्बरको मोटरसाइकल चालक दाहाल, मे १० प ५३८९ नम्बरको मोटरसाइकल चालक कचनकवल गाउँपालिका ५ निवासी २५ वर्षीय करण राजवंशी, सोही मोटरसाइकलको पछाडि सवार कचनकवल ३ निवासी १८ वर्षीय जयमति राजवंशी घाइते भएका थिए।
घाइते मध्ये चालक दहालको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। अर्को मोटरसाइकल चालक राजवंशीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ।
घाइते जयमतिको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार करणले जयमतिलाई घरबाट भगाएर ल्याएको र उनले तीव्र गतिमा मोटरसाइकल चलाएका थिए। अर्को मोटरसाइकल चालक सोम मरिमराउमा गइरहेका थिए। सोही बेला दुर्घटना भएको हो।