Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बाल गृहमा बस्दै आएकी १३ वर्षीया बालिका गर्भवति

बाल गृहमा बस्दै आएकी १३ वर्षीया बालिका गर्भवति


  • 7.1K
    Shares

    बाल गृहमा बस्दै आएकी १३ वर्षीया बालिका गर्भवति

    रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा रहेको सिस्ने हिमाल बाल गृहमा रहेकी १३ वर्षीया बालिका गर्भवति भएकी छन् । बालिकाको को पेटमा १० हप्ताको गर्भ रहेको प्रमाणित भएको छ ।

    बालिका बलात्कारको आरोपमा बाल गृह सञ्चालकका छोराविरुद्ध उजुरी दर्ता भएको छ । १० नम्बर वडाकी सुनिता चनाराले बाल गृह सञ्चालन गरिरहेकी थिइन् ।

    उनको कान्छा छोरा रवि भनिने २२ वर्षीय कुश्माकरले बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । बालिकाले कुश्मारकी आमा सुनिता र बुवा १० नम्बर वडाध्यक्ष गंगाराम चनाराविरुद्ध पनि श्रम शोषण गरेको उजुरी गरेकी छिन् ।

    आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै बालिकाले नगरपाकिालस्थित न्यायिक समितिमा उजुरी गरेकी थिइन् । न्यायिक समितिले आवश्यक प्रक्रिया पूरा गरेर थप कारबाहीका लागि जिल्ला प्रशासन र प्रहरीमा सिफारिस गरेको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १६:१०:३७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij