२०८२ भाद्र १० गते मंगलवार
धरान । सुनसरीको धरान उपमहानगरपालिका १५, सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देबी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij