Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ


  • 6.1K
    Shares

    • images
    घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ
    images

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । 

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा एक सय रुपैयाँले नै घट्दै ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    तर, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । गत आइतबार एकैदिन तोलामा ३५ रुपैयाँले वृद्धि हुँदै एक हजार २३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - ११:२८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij