Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

फेरी नयाँ प्रकारको कोरोना भाइरस ५ मुलुकमा फैलिसक्यो, पुरानो भन्दा ७० प्रतिशत बढी संक्रामक

फेरी नयाँ प्रकारको कोरोना भाइरस ५ मुलुकमा फैलिसक्यो, पुरानो भन्दा ७० प्रतिशत बढी संक्रामक


  • 11.2K
    Shares

    फेरी नयाँ प्रकारको कोरोना भाइरस ५ मुलुकमा फैलिसक्यो, पुरानो भन्दा ७० प्रतिशत बढी संक्रामक
    images

    चीनवाट सुरु भएको कोरोना नियन्त्रण हुन नपाउँदै फेरी यूकेमा कोरोना भाइरसको एउटा नयाँ प्रकार देखा परेको छ । नयाँ प्रकारको कोरोना पहिलेको भन्दा ७० प्रतिशतले बढी फैलने बताइएको छ । यूकेमा नयाँ कोरोना भाइरस देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन् ।

    नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन् । आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन् ।

    देश अनुसार कदमहरू केही फरक छन् । फ्रान्सेली कदमबाट युरोटनेलमार्फत्‌ हुने रेल सेवा पनि प्रभावित भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको जनाएको छ ।

    पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ । यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ । यूकेमा बाहेक कोरोना भाइरसको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बीबीसीलाई बताएको छ । कोरोनाभाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन ।

    तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले यूकेमा लन्डनसहित दक्षिण-पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा खालका प्रतिबन्धात्मक कदम चालिएका छन् । यसै महिनाको शुरूतिर केही नमुनाहरू परीक्षण गर्दा यूकेमा जस्तै कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि डच सरकारले पछिल्लो कदम चालेको हो ।

    यूकेबाट आउने मानिसहरूबाट नयाँ प्रकारको भाइरस फैलिने जोखिमलाई थप सीमित पार्ने दिशामा युरोपेली सङ्घका सदस्य राष्ट्रहरूसँग मिलेर आउँदा दिनहरूमा उपायहरू पहिल्याउने पनि डच सरकारले बताएको छ।

    डब्ल्यूएचओले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको छ। भाइरसको उत्परिवर्तनसम्बन्धी जारी अध्ययनबारे यूकेलाई जानकारीहरू दिइरहेको र नयाँ भाइरसका विशेषताहरूबारे थप थाहा पाउनासाथ जानकारी गराउने डब्ल्यूएचओले भनेको छ।

    यद्यपि "उल्लेख्य अनिश्चितता छ", यूकेका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशतसम्म बढी सर्ने खालको रहेको बताएका छन्। इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रीस ह्विटीले विकासक्रमले "स्थिति झन् खराब बनाउने" बताएका छन् । (बीबीसी)

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - ११:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij