Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा आइतबारदेखि

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा आइतबारदेखि


  • 5.9K
    Shares

    • images
    सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा आइतबारदेखि
    images

    काठमाडौँ। निषेधाज्ञापछि गत १६ वैशाखबाट बन्द सवारी लाइसेन्सको परीक्षा आइतबारदेखि हुने भएको छ। यातायात व्यवस्था विभागले स्वास्थ्य मापदण्ड बनाएर लिखित र प्रयोगात्मक दुवै परीक्षा खोल्न लागेको हो।

    विभागले गत साता नै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट सवारी लाइसेन्स परीक्षा लिने अनुमति पाएको थियो। विभागका महानिर्देशक नवराज घिमिरेकाअनुसार सवारी लाइसेन्स खुलाउन सीसीएमसीले विस्तृत स्वास्थ्य मापदण्ड मागेको थियो।

    विभागले परीक्षासम्बन्धी मापदण्ड बनाएर पेश गरेकोमा सीसीएमसीले उक्त मापदण्डमा परीक्षा सञ्चालनको अनुमति दिएको थियो।

    गत साता नै प्रदेश मन्त्रालयमार्फत देशभरका सबै कार्यालयलाई एक साताभित्र सवारी लाइसेन्सको परीक्षा खोल्न निर्देशन दिइएकोमा यातायात कार्यालयले परीक्षाको तयारी गरेका हुन्।

    विभागले बनाएको नयाँ मापदण्डअनुसार एउटा कोठामा २५ जना मात्रै रहने गरी एक चरणमा १ सय जनाको मात्रै लिखित परीक्षा लिइनेछ भने प्रयोगात्मक परीक्षामा ५० जनालाई मात्रै समावेश गरिनेछ।

    यसैगरी परीक्षा हुनुभन्दा एक दिन अगाडि परीक्षार्थीलाई परीक्षा दिन, सिफ्ट र समय जानकारी गराई १५ मिनेटअघि मात्रै परीक्षा हलमा प्रवेश गराइनेछ।

    यातायात कार्यालय, परीक्षामा खटिने कर्मचारी र परीक्षार्थीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्डअनुसार परीक्षा सञ्चालन गरिने विभागका महानिर्देशक घिमिरेले बताए।

    चार महिनादेखि रोकिएको सवारी लाइसेन्सको परीक्षा अन्योल हुँदा निषेधाज्ञाअघि फारम भरेका चार लाखसहित लाखौँ सेवाग्राही प्रभावित भएका थिए।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १४:३६:१६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij