Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवामा फ्याट्टै नाम निकाल्नु छ भने चाँही यसरी पढ्नुहोस

लोकसेवामा फ्याट्टै नाम निकाल्नु छ भने चाँही यसरी पढ्नुहोस


  • 7.4K
    Shares

    लोकसेवामा फ्याट्टै नाम निकाल्नु छ भने चाँही यसरी पढ्नुहोस
    images

    नेपाली युवा जमातको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिष्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । सेवा प्रवेशका लागि योग्य बन्न हजारौं युवायुवती ट्युसन,कोचिङलगायत स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् ।

    तर,लोकसेवामा नाम निकाल्न सजिलो छैन,सानोतिनो तपस्या नै गर्नुपर्छ यसमा नाम निकाल्न । निरन्तरको मेहनतका साथ धैर्य र आत्मबल पनि चाहिने भुक्तभोगीहरुको धारणा छ ।लोकसेवा आयोगका परिक्षार्थीहरुले ध्यान दिनु पर्ने कुराहरु

    १. लोकसेवा आयोगले तर्जुमा गरेको वाषिर्क कार्यतालिका लिई सोही अनुसार तयारी अघि बढाउने

    २.विश्वसनीय, भरपर्दो र उपयुक्त पाठ्यसामग्री संकलन गरी नियमित रुपमा अध्ययन गर्ने र महत्वपूर्ण लागेका कुराहरुलाई सिलसिलेवार रुपमा टिपोट गर्ने ।

    ३. पाठयक्रम र परीक्षामा सोधिने प्रश्नको ढाँचा गहन अध्ययन गरी परीक्षामुखी अभ्यासमा जोड दिने ।

    ४. लोकसेवा आयोगको परीक्षासँग सम्बन्धित विभिन्न पत्रपत्रिकाहरुका साथै अन्य सर्न्दर्भ सामग्रीको अध्ययनलाई व्यवस्थित बनाउने

    ५. यथा समयमा परीक्षा हलमा पुगी शान्त र संयमित भई उत्तर लेखन सुरु गर्ने ।

    ६.परीक्षा हलमा उत्तर लेख्न सुरु गर्नुभन्दा पहिले प्रश्नपत्रहरु पुरा भए नभएको यकिन गर्ने ।

    ७. वस्तुगत प्रश्नको उत्तर दिदा क, ख, ग, घ मध्ये जुन सही लाग्छ, त्यही की लाई मिल्दो महलमा लेख्ने । अन्य चिन्ह वा संकेतको प्रयोग

    ८.असम्बन्धित कोठामा लेखिएका उत्तर केरमेट गरी सच्चाइएका उत्तर र सिसाकलम प्रयोग गरी लेखिएका उत्तरहरु अमान्य हुने हुँदा यसमा विशेष ध्यान पुरयाउने ।

    ९.वस्तुगत बहुउत्तर परीषा प्रणालीमा गल्ती गरेको उत्तरलाई २० प्रतिशत अंक कटी गरिने हुँदा अन्धाधुन्ध उत्तर नलेखी सजगता अपनाउने ।

    १०. छोटा विषयगत प्रश्नको उत्तर दिदा समयको परिधिभित्र रही प्रश्नले अपेक्षा गरेको उत्तरमा प्रष्ट भई बुँदागत रुपमा सटिक जवाफ लेख्ने र लामो विषयगत प्रश्नको उत्तर दिदा भने प्रश्नको गाम्भिर्यता हेरी भूमिकासहित तथ्यगत जवाफ र निष्कर्षमात्र लेख्नु राम्रो हुन्छ।

    ११. मौलिक, सृजनात्मक एवम तर्कयुक्त जवाफ लेख्ने प्रभावमा छुटयाइ लेख्ने । कुनै विषयको प्रभावका बारेमा लेख्नुपर्दा सकारात्मक र नकारात्मक प्रभावमा छुटयाई लेख्ने ।

    १२. विषयगत प्रश्नको उत्तर लेख्दा सकभर केरमेट नगर्ने साथै लेखेको कुरा काटनुपर्ने भएमा तेस्रो धर्कोले काटी थप्नुपर्ने कुरा बुझिने गरी लेख्ने ।

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १८:४२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij