Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपालमा रियलमी सी–२० र सी–२१ सार्वजनिक, मूल्य कति ?

नेपालमा रियलमी सी–२० र सी–२१ सार्वजनिक, मूल्य कति ?


  • 8.0K
    Shares

    • images
    नेपालमा रियलमी सी–२० र सी–२१ सार्वजनिक, मूल्य कति ?
    images

    काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी सी–२० र सी–२१ सार्वजनिक गरेको छ ।

    कम्पनीका अनुसार दुवै स्मार्टफोनहरुको आइतबारदेखि नै दराज अनलाइनबाट प्रि– प्रिबुकिङ बुकिङ गर्न सकिन्छ । उक्त फोन बजारमा भने सेप्टेम्बर १ देखि भने नेपालभरि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार ३२ जीबी मेमोरी र २ जीबी र्याम भएको रियलमी सी–२० को मूल्य नेपालमा १२ हजार ८४९ रुपैयाँ र ६४ जीबी मेमोरी र ४ जीबी र्याम भएको रियलमी सी–२१ को मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

    रियलमी सी–२० र सी–२१ मा ६.५ इन्चको डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको पाँच हजार मेगाहर्ज ब्याट्री, जिओमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलियो जी–३५ प्रोसेसरका साथै दुई सय ५६ जीबीसम्म बढाउन मिल्ने माइक्रोएसडी छ । स्मार्टफोनमा सुपर नाइटस्कोप भएको अल ट्रिपल क्यामेरा, अक्टा कोर १२ एनएम २.३ गिगाहर्ज प्रोसेसर पनि छ ।

    यसैगरी कम्पनीले रियलमी सी–११ को मूल्यमा कटौती गरी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सी–११ अब ११ हजार नौ सय ९९ रुपैयाँमा नेपालमा पाउन सकिन्छ । कम्पनीका अनुसार रियलमी सी–११ मा पनि ६.५ इन्चको डिस्प्ले, अल्ट्रा सेभिङ मोड भएको पाँच हजार मेगाहर्जको ब्याट्री जिओमेट्रिक आर्ट डिजाइन र अक्टा कोर पावरफुल प्रोसेसर रहेको छ ।

    यस्तै कम्पनीले रियलमी ८ को नयाँ भेरियन्ट पनि नेपालमा सार्वजनिक गरेको छ । १२८ जीबी मेमोरी र ६ जीबी र्याम भएको यो स्मार्टफोन मात्र २७ हजार १९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार तीन वर्षमा छचोटि अपग्रेड तीन करोड ३० लाख युनिट बिक्री भएको रियलमी नम्बर सिरिज सबैभन्दा सफल सिरिज हो । ६४ मेगापिक्सल क्यामेरा भएको यस स्मार्टफोनमा रहेको फोटोग्राफी फिचर्सबाट दिन र रातमा पनि सुन्दर फोटो खिच्न मिल्छ ।

    सुपर एमोलेड डिस्प्ले भएको रियलमी ८ मा ब्राइटनेस लेभल एक हजार युनिटसम्म लग्न मिल्छ । यसैगरी, यसको पाँच हजार मेगाहर्ज ब्याट्री, ३० वार्ट डर्ट फ्ल्यास चार्जको मद्दतले ६५ मिनेटमै चार्ज फुल हुन्छ ।

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - १२:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij