२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ९१ हजार ६०० रुपैयाँमा नै कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij