२०८२ भाद्र १६ गते सोमवार
एनआईसी एशिया बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १ हजार ८ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।
बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij