Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोक सेवा परिक्षाको कसरी तयारी गर्ने ? यी हुन् ७ टिप्स

लोक सेवा परिक्षाको कसरी तयारी गर्ने ? यी हुन् ७ टिप्स


  • 13.8K
    Shares

    लोक सेवा परिक्षाको कसरी तयारी गर्ने ? यी हुन् ७ टिप्स
    images

    सरकारी जागीर खान इच्छुकहरुका लागि यतिबेलै बाट तयारी गर्दा अब हुने विज्ञापनका लागि सजिलो हुन्छ। 

    त्यस्ता कयौँ विद्यार्थीहरु लोक सेवा तयारीमा केन्द्रीत छन् । विज्ञहरुका अनुसार लोक सेवा तयारी गर्दा अन्य क्षेत्रमा जस्तो घोकेरमात्र पुग्दैन । लोक सेवाको परिक्षामा सफल हुनेगरी तयारी गर्ने निश्चित तरिकाहरु छन् ।

    यी  टिप्सहरु लोक सेवा सम्वन्धी कक्षा लिदै आएका प्रशासक र लोक सेवाको नियमित कपी जाँच गर्नेहरुसँग कुराकानी गरेर तयार गरिएको हो ।

    – लोकसेवाको तयारी गर्दा व्यवहारिक पक्षमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नुपर्छ ।

    – सुशासन ऐन, सूचना हकसम्बन्धी ऐन, निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकारी सञ्चालन ऐन, वित्तीय व्यवस्थापन ऐनजस्ता विविध व्यवहारिक पक्षको अध्ययन गरिनुपर्छ

    – आवधिक योजना मज्जाले पढ्नुपर्छ । किनभने यसले सबै तह र समूहलाई कहीँ न कहीँ छोएको वा समेटेको हुन्छ । त्यसका साथै सरकारले सार्वजनिक गर्ने विभिन्न प्रतिवेदनहरू पनि पढ्नुपर्छ ।

    – सम्बन्धित विषयमा काम गरिसकेका, व्यवहारिक रूपमा जानकार र अवकास प्राप्त कर्मचारी वा व्यक्तिहरूले लेखेका पुस्तक एवं लेखहरू नियमित पढ्नुपर्छ ।

    – हेन्सआउट, बुक, गाइड मात्र हेरेर पुग्दैन । सम्बन्धित विषयबस्तुमा आधारित चौतर्फी ज्ञान हासिल गर्नुपर्छ ।

    – बुझेर पढ्नुपर्छ, तनावमुक्त र एकत्रित भएर पढ्नुपर्छ । कम्तिमा दैनीक तीन घन्टा लोकसेवाकै तयारी गर्नुपर्छ ।

    – तयारी कक्षा लिइरहेकाहरूले कक्षामा पढेका कुरा घरमा गएर दोर्होयाएर पढ्नुपर्छ । लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले एक वर्ष वा ६ महिना राम्रोसँग पढ्दा पास गर्न सजिलो हुन्छ ।

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - १४:०४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij