Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक, ४८ जीबी मोबाइल डाटा सित्तैमा

‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक, ४८ जीबी मोबाइल डाटा सित्तैमा


  • 9.6K
    Shares

    ‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक, ४८ जीबी मोबाइल डाटा सित्तैमा
    images

    भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान ‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक गरेको छ । 

    यस अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेटमा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भाया टीभीसँग–सँगै एनसेल सिम सित्तैमा पाउनेछन् । 

    यस सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीको दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

    यसैगरी, यो सिममार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता सुविधाहरु पनि पाउने कम्पनीले जनाएको छ ।

    यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक १६०० मा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध छ ।
     

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १४:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij