२०८२ माघ ८ गते बिहिवार
नेपालगञ्ज – बाँकेमा मंगलबार राति पनि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक बाँके र दाङ जिल्लाका रहेका छन्।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरी अस्पतालमा उपचार गराइरहेका दाङ र बाँकेका संक्रमितको आधा घण्टाको फरकमा मृत्यु भएको छ।
दाङ राप्ती गाउँपालिका वडा नं. ३ का ८४ वर्षीय पुरुषलाई भदौ ६ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो। उनको राति नौ बजे मृत्यु भएको छ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का ४३ वर्षीय पुरुषको राती साढे नौ बजे मृत्यु भएको छ। साउन ४ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय २८ पुगेको छ। बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा तीन सय ९७ जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij