Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता


  • 8.9K
    Shares

    • images
    ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता
    images

    काठमाडौं । ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबीच बैंकले प्रदान गर्ने सेवा सुविधासम्बन्धी सम्झौता नवीकरण भएको छ ।

    उक्त सम्झौतापत्रमा परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरे ।

    सम्झौताअनुसार त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटीबापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रिविअन्तर्गतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क र रकम जम्मा गर्न मिल्नेछ ।

    त्रिविका विद्यार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खुस्थित काउन्टरलगायत देशका सबै शाखाबाट त्रिविको आम्दानी खातामा जम्मा गर्न मिल्ने जनाइएको छ । यसका साथै उक्त काउन्टरबाट पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिनेरदिनेलगायत सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध हुने जनाइएको छ ।

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १५:४१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij