Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महिला खेलाडीलाई अफगानिस्तानबाट तत्काल उद्धार गर्न फिफाको माग

महिला खेलाडीलाई अफगानिस्तानबाट तत्काल उद्धार गर्न फिफाको माग


  • 6.6K
    Shares

    महिला खेलाडीलाई अफगानिस्तानबाट तत्काल उद्धार गर्न फिफाको माग

    विश्व फुटबलको सर्वोच्च संस्था फिफाले तत्कालै महिला फुटबल खेलाडीहरूलाई अफगानिस्तानबाट बाहिर निकाल्न आग्रह गर्दै विभिन्न देशका सरकारको नाममा पत्र लेखेको छ ।

    तालिबानले काबुल कब्जा गरेयता खेलाडीहरू त्रासमा रहेको उक्त पत्रमा उल्लेख गरिएको छ । फिफाले अफगानिस्तानको अवस्था अस्थिर र चिन्ताजनक रहेको जनाएको छ । 

    यसैसाता अफगानिस्तानको राष्ट्रिय महिला टोलीकी कप्तान खालिदा पापोलले खेलाडीहरूलाई बाहिर निकाल्नका लागि सहयोग गर्न खेलकुद निकायहरू समक्ष गुहार मागेकी थिइन् । उनले तालिबानी सत्ताअन्तर्गत बस्न कठिन रहेको बताएकी थिइन् ।

    धेरै महिला फुटबल खेलाडीहरू तालिबानले सत्ता कब्जा गरेयता लुकेका छन् । ‘मैले राम्रोसँग सुत्न सकेको छैन । म रोइरहेको छु र सहायताविहीन छु,’ पोपालले भनेकी छिन् । सन् २००७ मा अफगानिस्तानको पहिलो राष्ट्रिय महिला टोली गठन हुँदा उनी महत्त्वपूर्ण सदस्य थिइन् । 

    २० वर्षअघि अफगानिस्तानमा तालिबानी सत्ता हुँदा छात्राहरूलाई पढ्न रोक थियो । महिलाहरूले आफ्ना पुरुष आफन्त बिना घरबाट बाहिर निस्कन पाउँदैन थिए । उनीहरूलाई काम गर्न रोक थियो र सधैँ बुर्का लगाएर बस्न बाध्य थिए । 

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १६:०७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij