२०८२ भाद्र २५ गते बुधवार
लोक सेवामा नाम निकाल्न मुख्यतः दृढ विश्वास हुनुपर्छ । लोक सेवालाई नै लक्ष्य बनाएर निरन्तर अध्ययन गर्नुपर्छ । भारतमा स्नातकोत्तर गर्दै गर्दा मलाई पनि लोक सेवामा नाम निकाल्ने मनसाय पलायो । स्नातकोत्तर गर्दा गर्दै दैनिक ३ देखि ४ घण्टा लोक सेवा तयारीलाई दिन थालें ।
लोक सेवा भनेको विश्वविद्यालयको परीक्षा जस्तो होइन, कसरी थाल्ने तयारी ?
अतिरिक्त क्रियाकलापमा पनि भाग लिन्थें । फुटबल पनि खेल्नै पर्थ्यो, क्रिकेट पनि खेल्नै पर्थ्यो, कन्सर्ट भयो भने गीत पनि गाउनै पर्थ्यो । मानिसलाई हरेक कुराको रहर हुनुपर्छ । त्यो रहर कतिको आवश्यक छ र त्यसले भविष्यमा कस्तो परिणाम दिन्छ भनेर स्वयं सचेत हुनुपर्छ ।
मलाई अन्य रहरभन्दा लोक सेवामा नाम निकालेर देशको सेवा गर्ने र एक सम्मानित जीवन जिउने रहर प्यारो लाग्यो । म त्यही रहर पूरा गर्न दत्तचित्त भएर लागेँ ।
लोक सेवा भनेको विश्वविद्यालयको परीक्षा जस्तो होइन, कसरी थाल्ने तयारी ?
लोक सेवाकै लागि भनेर ७ महिना निरन्तर अध्ययन गरें । दैनिक १३ देखि १४ घण्टा लगातार अध्ययन गरें । २ सेट पूर्ण रूपमा सम्पन्न गरेर परीक्षाको समयमा तेस्रो पटकको रिभिजन भ्याएँ । २०६७ मा परीक्षा दिएर एकै पटकमा लोक सेवामा नाम निकालें ।
भारतबाट फर्किंदा बाटोभरि पढेँ । ट्रेनमा पनि पढेँ । बाटोमा स्ट्रिट लाइटमुनि बसेर पनि अध्ययन गरे । बस चढ्दा बसमा पनि पढेँ । पढ्नका लागि कुनै ठाउँ छोडिनँ, मैले ।
लोक सेवा तयारी गर्दै उत्तरहरू सङ्कलन गर्दै नोट बनाएँ । ती नोटहरू धेरैतिर सर्कुलेट पनि भयो । लोकसेवा पास गर्न समर्पण, आत्मविश्वास र कडा परिश्रम चाहिन्छ । प्राविधिकतर्फको लोकसेवा पास गर्न त अझै बढी ।
कसरी थाल्ने तयारी ?
सर्वप्रथम लोक सेवाको पाठ्यक्रम डाउनलोड गर्ने । पाठ्यक्रमअन्तर्गतको हरेक विषयको हरेक लाइन, हरेक शब्दको जति सकिन्छ त्यति गहिराइमा जाने । अब्जेक्टिभ प्रश्नहरू घोकेरभन्दा पनि अवधारणागत रूपमा अध्ययन गर्ने ।
आत्मविश्वास राख्ने तर अति आत्मविश्वासी नहुने । हप्ता\दश दिनमा पढेर नाम निस्किँदैन । लगातार र निरन्तर अध्ययन चाहिन्छ । म दैनिक यति पढ्छु भनेर कोर्सको निर्धारण आफैंले गर्ने । रुटिन बनाउने ।
पाठ्यक्रम १ पटक मात्र होइन, २ पटक वा ३ पटक अध्ययन गरेर भ्याइसकेपछि मात्र परीक्षा दिने हो ।
लोकसेवा तयारीलाई राम्रो समय दिनुपर्छ । स्पष्ट रूपमा कोर्स कभर गर्नुपर्छ । घोक्ने त हुँदै होइन । अवधारणागत रूपमा बुझेर मात्रै अध्ययन गर्नुपर्छ । अध्ययन गर्दा सबैका आआफ्ना तरिका हुन्छन् । कोही अब्जेक्टिभ पढ्नुपर्छ भन्लान् त कोही सब्जेक्टिभ । जुन मेकानिज्ममा अध्ययन गरे पनि कन्सेप्चुअल्ली अध्ययन गरेपछि मिस खाँदैन ।
सब्जेक्टिभ खण्डका लागि त अवधारणागत रूपमा अध्ययन गर्दै जानुको विकल्पै छैन । अब्जेक्टिभ खण्डका लागि पनि अवधारणागत रूपमै अध्ययन गर्दै जानुपर्छ । डायग्राम, मुभमेन्ट जस्ता प्राविधिक ज्ञानको अवधारणा नहुँदासम्म दिमागमा बस्दैन । न्युमेरिकल घोक्दा र अवधारणागत रूपमा बुझ्दा धेरै फरक पर्छ । बुझ्नका लागि विषयहरूलाई आफ्नै मेकानिज्म बनाएर थप सरलीकृत पनि गर्न सकिन्छ । तर, घोकेको भरे बिर्सिन पनि सक्छ ।
प्राविधिक विषयको न्युमेरिकलजन्य उत्तर घोकेर १०० जनामा १ जनाको नाम त निस्किएला तर घोेकेर केही कुराको समाधान हुन्छ जस्तो लाग्दैन । पलपलमा नयाँ आविष्कार गर्नुपर्ने र समस्याको समाधान गर्नुपर्ने खालको प्रविधिको क्षेत्रमा घोकेर नाम निकालेर के गर्ने ? पदपूर्ति मात्र गरेर भएन । पदलाई अस्तित्व पनि दिनु पर्यो ।
अब्जेक्टिभभन्दा सब्जेक्टिभ प्रश्नहरूलाई पहिला समय दिँदा राम्रो । सब्जेक्टिभ प्रश्नहरू हल गर्दा सो उत्तरहरू संकलन गरेर राख्ने । पाठ्यक्रमबाट प्रत्येक विषयको प्रत्येक प्रश्नहरू हल गर्दै सो उत्तरहरू नोट बनाएर राख्ने । जस्तै : धेरैवटा नमुना प्रश्नपत्रहरूबाट प्र.नं. १.१ को एउटा छुट्टै नोट बनाउने । मानौ हाईवे प्लानिङ विषयको प्रश्न प्र.नं. १.१ मा आउँछ, हाइवे प्लानिङका अवधारणा भनेर त्यसको मात्र प्रश्न उत्तर गर्दै ४÷५ वटा ‘ए फोर’ पेपरमा एउटा नोट नै बनाउन सकिन्छ । प्रश्नको उत्तर लेख्दा सो प्रश्नको ‘वेटेज’ र ‘समय’को पनि मध्यनजर गर्नुपर्छ ।
तयारी गर्दा बनेको नोट बैंकमा पैसा जम्मा गरे जस्तै परीक्षापूर्व आफूसँग राखिराख्नु पर्छ । आफूले लोक सेवामा नाम निकाली सकेपछि सो नोट अरूलाई काम लाग्छ ।
लोक सेवा भनेको विश्वविद्यालयको परीक्षा जस्तो होइन
सामान्तया, विश्वविद्याालयका विद्यार्थीहरू परीक्षाको अघिल्लो दिन पढ्ने गर्छन् । राम्रै अंक ल्याउनुपर्छ भन्ने सोच भएकाले ३\४ दिन वा अगावै तयारी थाल्लान् । तर, लोक सेवामा त्यसरी तयारी गरेर हुँदैन ।
पास भएर मात्र लोक सेवामा नाम निस्किँदैन । लोक सेवाको तयारी गर्न महिनौं, अझ भनौं वर्षाैँ मिहेनत गर्नुपर्छ । विश्वविद्यालयको परीक्षाको पढाइ भनेको एकदम विशिष्ट हुन्छ । तर, लोकसेवाको पढाइ फराकिलो हुनुपर्छ ।
(खनाल उपसचिव तथा सिनियर डिभिजन इन्जिनियर हुन्)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij