Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कालीगण्डकीको किनारमा महिलाको शव भेटियो

कालीगण्डकीको किनारमा महिलाको शव भेटियो


  • 7.8K
    Shares

    • images
    कालीगण्डकीको किनारमा महिलाको शव भेटियो
    images

    कालीगण्डकी नदीको किनारमा शुक्रबार बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

    बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

    नदी छेउमा ढुंगामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ।

    शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर मातहतका एकाइमा पठाएको छ। कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए। रासस

    प्रकाशित मिति :पौष ३ २०७७ शुक्रवार - १२:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij