Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता

माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता


  • 4.4K
    Shares

    माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएकाे छ । मंगलबार केपी शर्मा ओलीको नेतृत्वमा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी रहँदा दुई नेताबीच नयाँ बानेश्वरस्थित होटल अर्यालमा भेटवार्ता भएको हो । 

    भेटका क्रममा छलफल भएका विषय भने सार्वजनिक भइसकेका छैन । नेपालले बामदेवसँगको भेटपछि सांसद तुलसा थापालाई पनि भेट गरेका छन् । 

    यसअघि नेपालले सिंहदरबारमा साउन ३ मा प्रधानमन्त्री देउवालाई मत दिँदा तटस्थ बसेका एमाले सांसदहरूसँग छलफल गरेका थिए । दल विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी हुन लागेको चर्चा भइरहेका बेला माधव नेपालको सक्रीयता अर्थपूर्ण मानिएको छ ।

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १४:०५:१७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij