Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

पूर्ण क्षति भएका मनाङका घर बनाउन प्रतिपरिवार दुई लाख दिईने

पूर्ण क्षति भएका मनाङका घर बनाउन प्रतिपरिवार दुई लाख दिईने


  • 4.3K
    Shares

    पूर्ण क्षति भएका मनाङका घर बनाउन प्रतिपरिवार दुई लाख दिईने
    images

    गण्डकी । गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ ।

    जिल्लामा बाढीले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
    मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले सोमवार जिल्लाको नासों गाउँपालिका दुई ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गरेका थिए ।

     स्थानीयवासी पीडितसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै भएको क्षतिबाट आफू दुःखी भएको बताउँदै बाढीले पूर्ण क्षति पुर्‍याएका घर निर्माणका लागि प्रतिघर दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । मनाङमा यो बर्खामा ८५ घर पूर्ण क्षति भएको विवरण सङ्कलन भएको छ ।

     खासगरी नासों गाउँपालिकाको वडा नं १ मा ७० घरमा क्षति पुगेको छ । धारापानीमा पनि १२ घरमा क्षति पुगेको पालिका अध्यक्ष चन्द्र घलेले बताए ।

    मुख्यमन्त्री पोखरेलले बेँसीसहर–चामे सडक खुलाउन सङ्घ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको बताए । त्यसभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ । मुख्यमन्त्री पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर सङ्घ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सङ्घ सरकारले मनाङलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । जिल्लामा विभिन्न बस्तीको पुनःनिर्माणका लागि आफूले केन्द्रसँग समन्वय गरिहरहेको मुख्यमन्त्री पोखरेलले बताए । मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयमा सोलार जडान गरिसकेको छ । जसका कारण सेवाग्राहीले सहजै सेवा लिन पाएका छन् ।

    अर्थमन्त्री रामजीप्रसाद बरालले बाढी र पहिरो प्रभावितको पहिचान गरी तत्काल र दीर्घकालीनरूपमा समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए । वडा नं १ को अधिकांश बस्ती बगरमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितलाई खान, बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने उनले बताए ।

    अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासों गाउँपालिका धारापानी मनाङमा गत असार १ गते परेको अविरल वर्षाले मस्र्याङ्दी नदी र दूधखोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए ।

     बाढीले स्थानीयवासीको घरबास नै डुबाउनुका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ । मूल सडक र झोलुङ्गे पुल बगाएको छ । गोरेटो बाटोसमेत हिँड्न सकिने अवस्थामा छैन ।

     सञ्चार र बिजुलीसमेत नहुँदा आफूहरू मर्कामा परेको स्थानीयवासीले दुःखेसो गरेका छन् । सोमवार मुख्यमन्त्री र अर्थमन्त्रीसँगै कांग्रेस सांसद चिन्तबहादुर घले, माओवादी केन्द्रका नेता कपिल लामा सहभागी थिए ।

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १०:३६:४५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij