२०८२ भाद्र ३ गते मंगलवार
मोरङ । मोरङमा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिक्लाजुङ गाऊपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् । उनीहरु मिक्लाजुङ गाऊँपालिका ३ स्थित सुन्दरी चोकबाट पक्राउ परेका हुन् ।
सोमवार साँझ ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधी Tramadol Capsule – २८८२ र Spas pain Tablet – २९२० सहित पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij