Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हाइटी अपडेट : १३०० को मृत्यु, करिब पाँच हजार ७०० जना घाइते, १३ हजार ७८५ घरमा क्षति

हाइटी अपडेट : १३०० को मृत्यु, करिब पाँच हजार ७०० जना घाइते, १३ हजार ७८५ घरमा क्षति


  • 4.5K
    Shares

    हाइटी अपडेट : १३०० को मृत्यु, करिब पाँच हजार ७०० जना घाइते, १३ हजार ७८५ घरमा क्षति

    काठमाडौं । गत शनिबार हाइटीमा गएको ७.२ माग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब १३०० पुगेको छ । बीबीसीका अनुसार आज बिहानसम्म एक हजार २९७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    सरकारी अधिकारीका अनुसार पाँच हजार ७०० जना घाइते भएको र सयौँको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्ने देखिएको छ ।

    भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि हाइटी सरकारले आपतकालको घोषणा गरेको समाचार संस्था सीएनएनले जनाएको छ ।

    सीएनएनका अनुसार सोमबार बिहानसम्म  १३ हजार ६९४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको पुष्टि भएको छ । यस्तै, अन्य १३ हजार ७८५ घरमा क्षति पुगेको छ । 

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - ११:४४:४९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij