Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रधानमन्त्री कार्यालयका सचिवले दिए लोकसेवा पास गर्ने यस्ता अनेकौ टिप्स

प्रधानमन्त्री कार्यालयका सचिवले दिए लोकसेवा पास गर्ने यस्ता अनेकौ टिप्स


  • 7.4K
    Shares

    प्रधानमन्त्री कार्यालयका सचिवले दिए लोकसेवा पास गर्ने यस्ता अनेकौ टिप्स
    images

    धेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिष्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । सेवा प्रवेशका लागि योग्य बन्न हजारौं युवायुवती ट्युसन,कोचिङलगायत स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् ।

    तर,लोकसेवामा नाम निकाल्न सजिलो छैन,सानोतिनो तपस्या नै गर्नुपर्छ यसमा नाम निकाल्न । निरन्तरको मेहनतका साथ धैर्य र आत्मबल पनि चाहिने भुक्तभोगीहरुको धारणा छ । यसै सन्दर्भमा लोकसेवा टपर अहिलेका सचिव किरणराज शर्माले लोकसेवा परीक्षामा सफल बन्ने केही टिप्स बाँडेका छन् ।

    शर्माका अनुसार सबैभन्दा पहिले अध्ययन सामग्रीको खोजविन गर्ने काममा यसको तयारीमा रहेकाले ध्यान दिनुपर्छ । तर अध्ययन सामग्री खोज्दा पाठ्यक्रम र सोसँग सम्बन्धित सामग्रीमा भने बिशेष चनाखो हुनुपर्छ ।

    बिबिसी नेपाली सेवालगायतको राष्ट्रिय,अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने,हेर्ने र महत्वपूर्ण घटनाक्रमको टिपोट गर्ने गर्नाले पनि परीक्षार्थीलाई फाइदा पुग्छ । यसको साथमा सम्बन्धित विषयमा विद्वानहरुको लेख तथा अन्तरवार्ता पढ्ने र महत्वपूर्ण कुराहरु टिपोट गर्ने बानी बसाल्न फिटिक्कै अल्छी गर्नु हुँदैन । अगाडिका परीक्षामा उत्तीर्ण भएकाको अनुभव जान्न उनीहरुसँग कुराकानी गर्नु पनि उत्तिकै हितकर हुन्छ ।
    इन्टरनेटमा बृहत्तर ज्ञान छ । त्यसको उपयोग गर्दै पाठ्यक्रम अनुसारको विषयको अध्ययन गर्नाले पनि निकै सहयोग पुग्छ । पाठ्यक्रम अनुसारको नोटकपी बनाएर, अलग–अलग विषय संग्रह गरेर अध्ययन गर्ने बानी बसाल्न ढिलो गर्न हुँदैन ।

    निराशाले मानिसलाई गन्तव्यमा पुर्याउँदैन । यो मानिसको सफलताको शत्रु हो । त्यसैले हरेक समय उत्साहित रहिरहनुपर्छ । कहिल्यै पनि मनोबल कम हुने गरी सोच्नु हुँदैन । सधैभरी सकारात्मक सोच राख्नुपर्छ ।

    अध्ययनका लागि समय चयन पनि निकै नै महत्वपूर्ण मानिन्छ । त्यसका लागि बिहान ४–६ र साँझ पनि दुई घन्टा पढ्नु राम्रो हुन्छ । साथमा दैनिक पढेका कुराहरु लेख्ने र सम्झने कोसिस गर्न छाड्नु हुँदैन । पढ्दा निरन्तर होइन,एक घन्टामा दश मिनेट जति ब्रेक लिनुपर्छ । दैनिक एउटै विषय नपढेर २–३ वटा क्षेत्र तथा विषय पढ्दा राम्रो हुन्छ । कुनै कुरा नोट गर्दा शुद्व,राम्रा र छोटा वाक्य लेख्नुपर्छ,ताकि त्यसले तपाईंको लेख्ने बानीमा सुधार होस र एउटा लय बसोस् । अबधारणा ,सिद्वान्त र अभ्यासजस्ता विषयमा जानकारी राख्न पनि छुटाउनु हुँदैन । लेख्दा तथा अन्तर्वाता दिँदा ओजपूर्ण शब्दचयन गर्ने बानीको पनि विकास गर्नुपर्छ ।

    पढ्दा कुर्सी तथा टेबुलमा बसेर एकाग्र भएर पढ्नुपर्छ । ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्दा त्यसले धेरै नै फाइदा पुग्छ । मिल्ने,खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने कुरामा पछि पर्नु हुँदैहुँदैन । वातावरणलाई जतिमैत्रीपूर्ण र हर्षपूर्ण बनाइयो त्यति नै फाइदा हुन्छ,त्यसैले यसतर्फ ध्यान दिनु हितकर नै हुन्छ ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १४:५२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij