Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रदेश १ लोकसेवा आयोग जुर्मुरायो, पहिलो पटक लियो परिक्षा

प्रदेश १ लोकसेवा आयोग जुर्मुरायो, पहिलो पटक लियो परिक्षा


  • 8.4K
    Shares

    प्रदेश १ लोकसेवा आयोग जुर्मुरायो, पहिलो पटक लियो परिक्षा
    images

    प्रदेश १ लोकसेवा आयोगले आफ्नो कार्य शुरु गरेको छ । प्रदेश लोकसेवा आयोग गठन भएको दुई वर्षपछि लोकसेवा आयोगले पदपूर्तिको काम शुरु गरेको हो ।

    प्रदेश १ मा पहिलो पटक प्रदेश लोकसेवा आयोगले शुक्रबार पहिलो परीक्षा लिएको हो । प्रदेश १ लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको पदपूर्तिका मागका आधारमा परीक्षा लिन शुरु गरेको आयोगको कार्यालयले जनाएको छ । इन्जिनियरिङतर्फ चौथों र पाँचौ तहको पदका लागि परीक्षा लिएको हो । इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, सहायकस्तर चौथो, असिस्टेन्ट, सब-इन्जिनियरको परीक्षा शुक्रबार भएको हो भने इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, सहायकस्तर पाँचौ, सब-इन्जिनियरको परीक्षा शनिबार भएको हो ।

    स्थानीय तह र प्रदेशमा कर्मचारीको चरम अभाव हुँदा पनि लोकसेवाले भर्ना प्रक्रिया अगाडि बढाउन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । आयोगले पहिलो चरणमा आह्वान गरेको ११६ जनाको पदका लागि प्रदेश लोकसेवामा १० हजार १४७ जनाले दरखास्त परेको थियो । चौथो तहमा ८३ दशमलव २९ प्रतिशतले परीक्षा दिएका छन् भने पाँचौँ तहमा ८४ दशमलव २० प्रतिशतको उपस्थिति देखिएको प्रदेश लोकसेवा आयोगकी सदस्य सजना दाहालले बताईन् ।

    ५० हजारको दरखास्त

    पदपुर्तिकोलागि आह्वान गरिएकोमा ५० हजारको दरखास्त परेको लोकसेवा आयोगले जनाएको छ । प्रदेश लोकसेवाले स्थानीय तहका लागि कृषि प्राविधिक, इन्जिनियरिङ सर्भे र शिक्षा प्राविधिक सहायक तर्फका लागि खुलाएको विज्ञापनमा ५० हजार ९११ जनाको दरखास्त दिएका छन् ।

    कर्मचारी समायोजनमा स्थानीय तहमा कर्मचारी जान नमानेको अवस्थामा प्रदेश लोकसेवाले आह्वान गरेको दरखास्तमा भने आर्कषण देखिएको छ । आयोगले कृषि प्रसार, हल्र्टीकल्चर, कृषि प्रसार, बाली संरक्षण, भेटनरी लगायतका पदमा कर्मचारी भर्नाको माग गरेको छ । इन्जिनियरिङतर्फ सर्भे चौथो र पाँचौ तह र शिक्षा प्राविधिक सहायक पाँचौ तहमा पनि दरखास्त आह्वान गरिएको छ ।

    प्राबिधितर्फ २३० र शिक्षा प्राविधिक सहायकतर्फ २३ पदका लागि आयोग पदपुर्तिको लागि आवेदन माग गरेको छ । जसबाट हालसम्म एक करोड ८२ लाख ९११ रुपैयाँ राजश्व संकलन गरेको आयोगले जनाएको छ ।

    यी तहमा आकर्षण

    नायव प्राबिधिक सहायक चौथो तहमा २८ जना, चौथो तहको नायव पशु स्वास्थ्य प्राबिधिक ३६, नायव पशु सेवा प्राबिधिक २८ जना, नायव प्राबिधिक सहायक कृषि संंरक्षणमा १ जना, एग्रोनोमीमा २ जना, मत्स्यमा १ जना माग गरिएको छ । चौथो तहको अमिनमा १३ जनाको पदपुर्तिको तयारी छ । त्यस्तै पाँचौँ तह अन्तरगत कृषि प्रसारमा २८ जना, कृषि भेटेनरी २९ जना, ला.पो.डे.डे पशुसेवामा १८ जनाको पदपूर्तिको आह्वान गरिएको छ ।

    पाँचौँ तहको बाली संरक्षण २, मत्स्य ३, एग्रोनोमी ३, बागवानी १, सर्बेक्षक १, कम्प्युटर अपरेटर १३ जना र शिक्षा प्रशासनमा प्राबिधिक सहायक २३ जना माग गरिएको लोकसेवा आयोगको सूचनामा जनाइएको छ । यी सुचनामा उल्लेख भएअनुसार दोब्बर दस्तुर तिरेर साउन ३१ गतेसम्म आवेदन दिन सकिने भनिएको छ । माथि उल्लेख भएका पदहरुको परीक्षा भदौ २५ देखि असोज १६ गतेसम्म गर्ने तयारी आयोगको छ ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १२:१४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij