Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भोलिदेखि सबै सार्वजनिक यातायात खुल्ने

भोलिदेखि सबै सार्वजनिक यातायात खुल्ने


  • 8.3K
    Shares

    • images
    भोलिदेखि सबै सार्वजनिक यातायात खुल्ने
    images

    सरकारले कोरोना संक्रमण हुन नदिन भन्दै लगाएको सार्वजनिक यातायातमाथिको जोर बिजोर प्रणाली यातायात व्यवसायी र यातायात मजदुरहरूले पुस ३ गतेदेखि एकतर्फी रूपमा हटाउने घोषणा गरेका छन् ।

    चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दी,भदौ ३ गतेदेखिको निषेधाज्ञा र असोज १ गतेदेखिको जोर बिजोर प्रणालीले यातायात व्यवसाय धराशायी भएकोले उक्त निर्णय गरिएको बताइएको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा यसअघि सबै सवारी साधन सञ्चालनको वातावरण बनाउन सरकारलाई अनुरोध गरिए पनि सुनुवाई नभएको उल्लेख छ ।

    bus.jpeg

     

     

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १३:५०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij