२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । बाजुराको बूढीनन्दा नगरपालिका ७, समालगाउँ बस्ने ४५ वर्षीय सुरवीर कडारालाई एकथान एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बूढीनन्दा कोल्टीबाट खटिएको प्रहरीले उनको घरमा अवैध रूपमा लुकाइ राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै अछाम, मंगलसेन नगरपालिका ६ ठूलासैनस्थित मध्यपहाडी लोकमार्गको दक्षिणतर्फको जंगलमा लुकाई राखेको बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १ मुलीका ४१ वर्षीय बलबहादुर कसेरालाइ प्रहरीले पक्राउ गरेको हो ।अस्थायी प्रहरी पोस्ट ठूलासैनबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij