Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न ८ जना पक्राउ

विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न ८ जना पक्राउ


  • 6.9K
    Shares

    • images
    विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न ८ जना पक्राउ
    images

    काठमाडौं । चितवनको माडी नगरपालिका–९ स्थित सोमेश्वरबाट बिना इजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

    पक्राउ पर्नेहरूमा कालिका नगरपालिका–४ बस्ने २८ वर्षीय राज कुमार महतो, माडी नगरपालिका–३ बघौडा बस्ने २२ वर्षीय बालकृष्ण महतो, सोही ठाउँ बस्ने २२ वर्षीय मिलन महत्तो, कालिका नगरपालिका–३ बस्ने ३१ वर्षीय हरिशरण चौधरी, मकवानपुर गढी गाउँपालिका–८ बस्ने २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रकाश दाहाल, मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय उज्वल पोख्रेल र सोही उपमहानगरपालिका–२३ बस्ने २३ वर्षीय बिपिन सापकोटा रहेका  छन् ।

    ठोरीबाट माडीतर्फ आउँदै गरेको ना ४ ख ४४२५ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमार महत्तोले बसको डिकीमा बोरामा राखी ल्याएको विभिन्न किसिमको औषधि फेला पारेको थियो । थप अनुसन्धानको क्रममा बालकृष्ण र मिलनको घरबाट लुकाई राखेको विभिन्न किसिमका औषधि फेला पारी औषधि ओसारपसारमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

    साथै माडी नगरपालिका–९ बगही खोलाको किनारको झाडीमा वेवारीसे अवस्थामा रहेका करिब ९ लाख ९५ हजार १ सय रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका औषधिहरू समेत इलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले बुधबार बिहान फेला पारी बरामद गरेको छ । 

    पक्राउ परेकाहरूलाई बरामद औषधि सहित थप अनुसन्धान तथा कारवाहीको लागि औषधि व्यवस्था विभागमा पठाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १६:१२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij