Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कुखुरा फर्ममा आगलागी : २७ सय कुखुरा जले

कुखुरा फर्ममा आगलागी : २७ सय कुखुरा जले


  • 6.9K
    Shares

    • images
    कुखुरा फर्ममा आगलागी : २७ सय कुखुरा जले
    images

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

    गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७ सय कुखुरा जलेका छन् भने करिब १५ लाखरुपैयाँ बराबरको क्षति भएको छ ।

    आगलागीपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १३:२१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij