२०८२ भाद्र २ गते सोमवार
जुलाई २३ देखि जापानको टोकियोमा सुरु भएको ३२औँ गृष्मकालीन ओलम्पिक आइतबार अर्थात ८ अगस्टबाट सकिएको छ । ३३औँ गृष्मकालीन ओलम्पिक सन २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने भएको छ ।
यस ओलम्पिकमा संयुक्त राज्य अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । लगातार शीर्ष स्थानमा रहेको चीनलाई पछि पार्दै अन्तिम दिन अमेरिका शीर्ष स्थानमा उक्लिएको हो । अमेरिका ३९ स्वर्ण ४१ रजत र ३३ कास्य गरी कुल ११३ पदक जितेको छ ।
३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जितेको चीन दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी ५८ पदक जित्यो ।
बेलायत २२ स्वर्ण तथा कुल पदक ६५ सहित चौथो र रसियन ओलम्पिक कमिटी २० स्वर्ण र कुल पदक ७१ सहित पाचौँ स्थानमा रह्यो ।
छिमेकी मुलुक भारतले १ स्वर्ण २ रजत र ४ कास्य गरी ७ पदक जित्न सफल भयो । ओलम्पिकको इतिहासमा भारतको यो अहिलेसम्मकै ठूलो सफलता हो ।
टोकियो ओलम्पिकमा कूल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए । खेलाडीले ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
टोकियो ओलम्पिकमा ६५ देशले स्वर्ण पदक जित्दा ९३ देश पदक जित्न सफल भए । नेपालसहित ११२ देश पदकविहीन बन्न पुगे । जम्मा ५ खेलमा सहभागिता जनाएको नेपाल पदकबिहीन बनेको हो ।
गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष धकेलिएको थियो ।
कुन देशले कति पदक जिते ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij