२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५०० रुपैयाँ घटेको हो ।
आज शुक्रबार सुनको भाउ ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुन ९१ हजार रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार २६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij