Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिद्धबाबामा ढुङ्गा लागेर सहचालकको मृत्यु

सिद्धबाबामा ढुङ्गा लागेर सहचालकको मृत्यु


  • 4.6K
    Shares

    सिद्धबाबामा ढुङ्गा लागेर सहचालकको मृत्यु

    पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ ।

     पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको हो ।

     घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । जिप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भएका छन् ।

     प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको बुझिएको छ ।

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - ११:०४:३४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij