Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भरतपुर बहुप्राविधिक शिक्षालयको भवन शिालन्यास

भरतपुर बहुप्राविधिक शिक्षालयको भवन शिालन्यास


  • 7.6K
    Shares

    • images
    भरतपुर बहुप्राविधिक शिक्षालयको भवन शिालन्यास
    images

    चितवन । भरतपुर महानगरपालिका–२३ मा भरतपुर बहुप्राविधिक शिक्षालय प्रशासनिक भवनको आज शिलान्यास गरिएको छ । भवनको महानगरप्रमुख रेनु दाहालले शिलान्यास गर्नुभएको हो ।

    जगतपुरमा रहेको सरस्वती माविले भोकाधिकार दिएको जग्गामा भवनको शिलान्यास गरिएको हो । महानगरप्रमुख दाहालले प्राविधिक शिक्षालयले देश सुहाउँदो श्रम र सीपलाई सम्मान गर्दै सीपमार्फत रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । बहुप्राविधिक शिक्षालय आवासीय अवधारणाअनुसार सञ्चालन हुने बताउँदै सङ्घ, प्रदेश, सिटिइभिटी र भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो । 

     उहाँले प्राविधिक शिक्षाले महानगरमा ऐतिहासिक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । महानगरले नगरवासीको चाहनाअनुसार सबै काम अघि बढाएको बताउँदै दाहालले विकासको काममा नगरवासीले अपनत्व महसुस गरेको जानकारी दिनुभयो ।  

     कार्यक्रममा भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो, २४ का अध्यक्ष कान्छा मल्ल, २५ का अध्यक्ष विजय भुजेल, शिक्षालयका प्रमुख बज्रमोहन पौडेललगायतले बोल्नुभएको थियो । वडा नं २३ का वडाध्यक्ष नरिनारायण पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा शिक्षालयका प्रमुख पौडेलले तीन बिगाह क्षेत्रफलमा शिक्षालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।  रु एक करोड तीन लाखको लागतमा दुईतले भवन निर्माण गरिँदैछ । शिक्षालयको गुरुयोजना निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । शिक्षालयले यसै शैक्षिक सत्रमा होटल व्यवस्थापनको पढाइ शुरु गर्दैछ । रासस

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १५:०६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij