Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर

घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर


  • 9.7K
    Shares

    • images
    घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर
    images

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो । 

    यस दिन तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको छ । 

    तर, यता चाँदीको मूल्य भने केही दिन यताको लगातार स्थिरता सोमबार समेत कायमै राख्दै प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - ११:१६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij