Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

डुङ्गा पल्टिँदा तीन बेपत्ता, एकको मृत्यु

डुङ्गा पल्टिँदा तीन बेपत्ता, एकको मृत्यु


  • 5.3K
    Shares

    डुङ्गा पल्टिँदा तीन बेपत्ता, एकको मृत्यु

    कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ ।

     कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

     डुङ्गा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ बस्ने २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनको शिशु र सोही ठाउँ बस्ने २० वर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

     त्यस्तै डुङ्गा दुर्घटनामा घाइते भएकी मोहन्याल– ३ बस्ने १९ वर्षीया धनसरा सलामीमगरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँका एक महिनाका छोरा कर्ण सलामी गम्भीर घाइते भएका छन् । डुङ्गामा १० मान्छे सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

     बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ । यहाँ सहजरूपमा आवागमनका लागि पुलको व्यवस्था नहुँदा नागरिकले जोखिमको यात्रा गर्न बाध्य छन् ।

    प्रकाशित मिति :श्रावण १७ २०७८ आइतवार - १६:३८:५७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij