Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

सिटिजन्स् बैंकले नाफा ह्वात्तै बढायो,कस्तो छ बित्तिय अबस्था ?

सिटिजन्स् बैंकले नाफा ह्वात्तै बढायो,कस्तो छ बित्तिय अबस्था ?


  • 6.8K
    Shares

    सिटिजन्स् बैंकले नाफा ह्वात्तै बढायो,कस्तो छ बित्तिय अबस्था ?
    images

    सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफामा छलाङ मारेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० करोड रुपैयाँ अर्थात् ३३.४० प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो।

    खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा बैंकको नाफामा सुधार भएको होे । समीक्षा अवधिमा बैंकको खुद नाफा २५ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस्तै, संचालन मुनाफा ४३.६६ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

    समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ रहेको छ। १२ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९ करोड ८९ लाख रुपैयाँ संचित रहेको छ ।

    असार मसान्तसम्ममा बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १३.१९ रुपैयाँबाट बढेर १५.३८ रुपैयाँ पुगेको छ ।  समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.१० गुणा, आधार दर ७.५५ प्रतिशत, सीसीडी अनुपात ७७.४२ प्रतिशत र खराब कर्जा २.७७ प्रतिशत रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १६:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij