Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति, कुनको कहिलेबाट बिक्रीमा ?

तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति, कुनको कहिलेबाट बिक्रीमा ?


  • 5.6K
    Shares

    तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति, कुनको कहिलेबाट बिक्रीमा ?
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग-अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । 

    बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । 

    न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न साउन ११ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

    त्यसैगरी साहस उर्जा लिमिटेडले १ करोड ५ लाख आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट साउन १४ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

    त्यसैगरी बुद्धभूमि नेपालले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

    ती तीन ओटै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि ती कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १३:११:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij