Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन सकिने आवेदन ?

मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन सकिने आवेदन ?


  • 6.7K
    Shares

    मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने म्याद थप,  कहिलेसम्म दिन सकिने आवेदन ?
    images

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । आयोजना प्रभावितहरुले शेयर भर्न नपाएको गुनासो गरेपछि आयोजनाले म्याद थप गरेको हो ।  

    कम्पनीको आईपिओमा साउन १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । साउन १७ गतेसम्म पुरै शेयर बिक्री नभएमा म्याद थप गर्न सकिने व्यवस्था थियो । तर पुरै शेयर  बिक्री भएपछि पनि स्थानीयको मागलाई सम्बोधन गर्दै म्याद थप गरिएको आयोजनाले जनाएको छ ।  अब आईपिओमा साउन ३२ गते सम्म आवेदन दिन सकिने छ ।  तर, नेपाल धितोपत्र बोर्डको अनुमति लिन बाकी रहेको छ । 

    कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु ६ अर्बको १०५ अर्थात् रु ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो ।

    जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । 

    आईपिओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने छ ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - ११:३८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij