२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij