२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले पदाधिकारी नियुक्तिपछि सम्पादित मुख्य कार्यहरू सार्वजनिक गरेको छ ।
आयोगले वर्तमान पदाधिकारीहरूको पदबहाली पश्चात् १०० दिनको कार्ययोजना अनुरूप आयोगबाट सम्पादन भएका काम कारबाहीका बारेमा सुसूचित गराउन एक महिनामा सम्पादन गरेका मुख्य कार्यहरू सार्वजनिक गरेको हो ।
आयोगले सार्वजनिक गरेको एक सय दिने कार्ययोजनाअनुसार ३० दिनमा वार्षिक कार्यतालिका सार्वजनिक, गत वर्ष बाँकी रहेका लिखित परीक्षा कार्यक्रम तय, नतिजा प्रकाशन, अन्तर्वार्ता मिति तय, सङ्क्रमणको विशेष अवस्थामा लिखित परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ परिमार्जन र कार्यान्वयन, लोक सेवा आयोगको भवन स्थानान्तरणलगायतका १२ वटा काम सम्पादन गरिसेको जानकारी दिएको छ ।
आयोगका पदाधिकारी नियुक्त भएको साउन १० गते ३० दिन पुरा भएको छ । असार १० गते मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगलगायत संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्त गरेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij