Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

१० बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेतासँग एमाले सांसदहरुले छलफल गर्ने, यस्तो छ सहमति 

१० बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेतासँग एमाले सांसदहरुले छलफल गर्ने, यस्तो छ सहमति 


  • 4.0K
    Shares

    १० बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेतासँग एमाले सांसदहरुले छलफल गर्ने, यस्तो छ सहमति 

    काठमाडौं । १०बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेताहरुसँग नेकपा एमालेका दुवै तर्फका सांसदहरुले छलफल गर्दैछन् । सिंहदरबारमा दिउँसो एक बजे छलफल हुने सांसद यज्ञराज सुनुवारले बताए ।

    ‘पार्टी एकता जोगाउनेबारे कार्यदलका नेताहरुसँग हामी छलफल गर्दैछौं । एकता जोगाउन हाम्रो अभियान जारी रहन्छ’, सुनुवारले भने । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूह वीचको विवाद हल गरेर पार्टी जोगाउन भन्दै दुवै तर्फका सांसदहरुले पार्टी एकता दबाव समूह बनाएका छन् ।

    अभियानमा ओलीका तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् ।

    यस्तो छ सहमति 

    UML-10-point.jpg

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १२:२९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij