२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij